काठमाडौं । कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगञ्जको घण्टाघरस्थित लिङ्करोडमा फाइनान्सले १७ औं शाखा सञ्चालनमा ल्याइ वित्तीय कारोबारको शुभारम्भ गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगीलगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो ।
यहि असोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल बिस्तार गरी देशको सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल पुर्याउने फाइनान्सले जनाएको छ ।
साथै, आउदा दिनहरुमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया