काठमाडौं । टर्कीका अधिकारीहरुले चार दिनदेखि हराइरहेका साउदी अरवका पत्रकार जमल खशोग्गी इस्तानवुलमा रहेको साउदी महावाणिज्य दुतावासमा मारिएको दाबी गरेका छन् ।
उनलाई दुतावासको प्राङगणमा मारेर लास घिसारेर लगेको टर्कीका अधिकारीहरुले बताएका छन् ।
खशोग्गीको हत्या पहिले योजना बनाएर गरिएको अधिकारीहरुको विश्वास छ ।
उनीहरुले साउदी अधिकारीहरु खशोग्गी महावाणिज्य दुतावास जाने कुरा थाहा पाए पछि उनलाई मार्नको लागि रियादबाट इस्तानबुल आएको विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया