१३ तस्वीरमा हेर्नुहोस्, नेपाल र थाइल्याण्डबीचको विश्व टी-२० एशिया छनोट खेल

काठमाडौं । नेपालले मलेसियामा जारी आइसीसी विश्व टी-२० एशिया छनोटमा लगातार तेस्रो जीत हात पारेको छ । 

क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा आइतवार भएको समूह ‘बी’को तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ४० रनको शानदार जीत दर्ता गराउँदै प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । 

नेपालले थाइल्याण्डलाई डकवर्थ लेविस डिएल मेथडको आधारमा १ सय ४० रनले हराएको थियो । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल तयार पारेको थियो ।

जवाफी मैदानमा ब्याटिङ गरेको थाइल्याण्ड  ८ दशमलब ५ ओभरमा ९ विकेट गुमाएको अवस्थामा पानी परेर खेल रोकिए पछि नेपाल डिएल थर्ड मेथर्डको आधारमा विजयी भएको हो ।

अब नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बुधबार चीन र शुक्रबार सिंगापुरसंग सँग भिड्ने छ । एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । 

तस्वीर : रमन सिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?