१. आफूहरु माथि लगाइएको आरोप पुष्टि गर्न निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूर्व न्यायाधीश फोरमको चुनौति, महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दाबी ।
२. २०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने, योसँगै १८ हजार जना फेरि उम्मेदवार हुन पाउने ।
३. कारगार व्यवस्थापनका लागि बजेटको अभाव भएको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, कारागारको उचित व्यवस्थापनका लागि सरकार र संसद दुवैले पहल गर्नुपर्नेमा जोड ।
४. पार्टीभित्र टिकटका लागि हानथाप भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन आग्रह ।
५. संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, न्यायको विषयमा राजनीतिक आग्रहपूर्वाग्रह आउनु देश र लोकतन्त्रको लागि राम्रो नहुने उल्लेख ।
६ जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरी सामाजिक सञ्जाललाई दुरुपयोग गरेको नेकपा एमालेका सांसद महेश बस्नेतको आरोप, अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कार्यकर्ताको बदनाम गराउन अन्तर्राष्ट्रिय तत्वहरु लागेको दाबी ।
७. डेंगु संक्रमणको अवस्था हेर्दा देशमा स्वास्थ्य मन्त्रालय नै नभएको जस्तो भान हुने भन्दै सांसद प्रेम सुवालले गरे व्यंग्य, स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप ।
८. आज राष्ट्रिय बाल दिवस, ‘जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइयो, बालबालिकाका समस्या भने जिउँ का त्युँ ।
९. भीभीआईपीको सवारीले काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त, उपत्यकावासी घण्टौँसम्म जाम खेप्न बाध्य, सवारीको नाममा बाटो खाली गराएर हैरानी दिएको भन्दै चर्को आलोचना ।
१०. पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३० जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९१ ।
११. साताको चौथो कारोबारका दिन बुधबार सेयर बजारमा हरियाली, नेप्से परिसूचकमा ४७.४४ अंकको वृद्धि, कारोबार रकम डेढ अर्ब नजिक ।
१२. अमेरिकामा बलात्कारीको हत्या गर्ने १७ वर्षीया किशोरी पिपर लुइसलाई पाँच वर्ष जेल सजाय, सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि पीडितको परिवारलाई १ लाख ५० हजार डलर तिर्न आदेश ।
१३ तीन दशकदेखि अर्मेनिया र अजरबैजानका सेनाबीच जारी भिडन्त अझै रोकिएन, हालसम्म कम्तीमा एक सय सैनिकको मृत्यु ।
१४. श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै, प्रतियोगितामा अपराजित रहेको नेपाल उपाधिको दाउमा ।
१५. राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेलमा वर्षा बाधक बनेकाले पुनः प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई खेल म्यानेजरहरुले आग्रह, प्रदेश र विभागीय टोलीका खेल म्यानेजरहरुले राष्ट्रिय खेलकुद परिषद्लाई लेखे संयुक्त पत्र ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया