काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले चीनसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टिमको घोषणा गगरेको छ ।
‘एन्फा’ले आइतवार २२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको हो । यसपटक पनि नेपालकी सर्वाधिक गोलकर्ता अनु लामा टिममा पर्न असफल भएकी छिन् । प्रारम्भिक छनोटमा परेपनि लामा अन्तिम चरणमा टिमबाट आउट भएकी हुन् ।
सन् २०१६ मा भारतमा भएको १२ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ पछि घाइते भएकी अनु टिममा पुनरागमनको तयारीमा रहेकी थिइन् । नेपाली टोलीको छनोट महिला टिमका मुख्य प्रशिक्षक हरि खड्का र प्रशिक्षक मिगेन्द्र मिश्रले गरेका थिए ।
नेपालले आउदो अक्टोवर २९ र ३१ तारिखमा चीनसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । साथै, महिला टिमले ओलम्पिकका लागि एशिया छनोट खेल पनि खेल्नेछ । नेपाल एशिया छनोटको समूह ‘सी’ मा परेको छ ।
समूह ‘बी’मा नेपालसहित भारत, बंगलादेश र म्यानमार रहेका छन् । नेपालले नोभेम्बर ८ मा भारतसँग खेल्नेछ भने ११ तारिखमा म्यान्मारको तथा १३ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
प्रारम्भिक नेपाली टिम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया