कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय बाल दिवसका अवसरका विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा ‘स्प्रेडिङ स्माईल्स’ भन्ने नाराका साथ आवश्यक सामग्रीहरु प्रदान गरी बिहीवार राष्ट्रिय बाल दिवस मनाएको हाे ।

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर काठमाडौं क्षेत्रबाट श्री नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यमिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यमिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राईज अप अर्फान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाईन्ड चिल्ड्रेन एजुकेशन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?