इन्टरपोलका बेपत्ता प्रमुख चिनियाँ हिरासतमा

एजेन्सी : चीन अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुखलाई पक्राउ गरेको छ । इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा रहेको चीनले पुष्टि गरेको छ ।

मेंग होंगवेई केही दिन देखि बेपत्ता रहेको जनाइएको थियो ।

मेंगले देशको कानुन उल्लंघन गरेको मामिलामा सोधपुछका लागि नियन्त्रणमा लिइएको चीनले जनाएको छ ।

मेंग फ्रान्सको लिओन शहरबाट बेपत्ता भएका थिए । इन्टरपोलको मुख्यालय रहेको सो शहरबाट उनी बेपत्ता भएका थिए ।

यो वर्ष २५ सेप्टेम्बरका दिन इन्टरपोलको प्रधानकार्यालय जान हिँडेका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए ।

उनकी पत्नी ग्रेस मेंगले उनको ज्यानको खतरा भएको आंशका व्यक्त गरेकी थिइन् ।

चीनले मेंगमाथि कुन आरोप लगाएको हो त्यसको जानकारी तत्काल दिइएको छ्रन् ।

मेंग चीनको जन सुरक्षा विभागका उपमन्त्री रहिसकेका छन् ।

उनी चीनको पहिलो यस्तो नागरिक हुन् जसलाई दुई वर्ष अघि इन्टरपोलको प्रमुख पदका लागि छनौट गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?