‘र्इडीअार्इएस’ सेवा शुरू, अब शेयर बेचेपछि पूर्जी काट्न नपर्ने

काठमाडौं : पूँजीबजारका लगानीकर्ताले शेयर बेचेपछि पूर्जी काट्नु नपर्ने  र्इडीआर्इएस सेवा हिजो (अार्इतबार) शुरू भएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले इडीआइएस सेवा कार्यान्वयनमा ल्याएसँगै पूँजीबजारका लगानीकर्ताले अाफुले बिक्री गरेको सेयरको कारोबार विवरण विद्युतीय प्रणालीबाट हेर्न सक्ने भएका छन् ।

र्इडीआर्इएस प्रणाली शुरू गरेपछि लगानीकर्ताको समय बचत हुनेछ भने शेयरको कारोबार गर्न पनि सजिलो हुने सीडिएसले जानकारी दिएको छ । सेयर बिक्रीपछि राफसाफका लागि आफ्नो खाताबाट ब्रोकरको खातामा सेयर जम्मा गराउन डीआर्इएस पूर्जी काट्नुपर्ने छैन । 

अनलार्इनबाट शेयर राफसाफको काम गर्न सीडीएससीले मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर समेत थपेको छ। शेयरको कारोबार गरेका लगानीकर्ताले २ दिनसम्म जुनसुकै समयमा शेयर राफसाफ गर्न सक्ने भएका छन् ।  
 
सिडिएससीको सञ्चालक समिति बैठकले यसअघि नै र्इडीआर्इएस सेवा सञ्चालन गर्न अनुमति दिएको थियो। निक्षेप सदस्य र ब्रोकर कम्पनीसँग पनि यो सेवा सञ्चालन गर्नेबारे सिडिएससीले अावश्यक परामर्श समेत गरेको थियो ।

यसअघि शेयर बिक्री गरेपछि राफसाफका लागि धितोपत्र दलाल ९ब्रोकर० को खातामा शेयर जम्मा गराउन डेबिट र्इन्ट्रक्सन स्लीप (डीआर्इएस) भर्नुपर्ने प्रावधान थियो । तर, डीआर्इएस प्रणालीलार्इ विस्थापित गर्दै सिडीएससीले अब उप्रान्त र्इलेक्ट्रोनिक्स डेबिट र्इन्स्ट्रक्सन स्लीप (र्इडीआर्इएस) शुरू गर्न लागेको हो ।

हाल सीडीएसको (मेरो शेयर) एप प्रयोग गरिरहेका लगानीकर्ताले र्इडीआर्इएस निस्शुल्क प्रयोग गर्न पाउनेछन् । अहिले ३ लाख १६ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गरिरहेका छन् ।

यो पनि : 

अब शेयर बेचेपछि पूर्जी काट्न नपर्ने, डीआर्इएसको सट्टा र्इडीआर्इएस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?