एजेन्सी : ब्राजिलमा दशकौं यता सबैभन्दा बढी ध्रवीकृत निर्वाचन सम्पन्न भएको छ ।
झण्डै १५ करोड यो मतदाता भएको यो निर्वाचनबाट ब्राजिलमा नयाँ राष्ट्रपतिसहित तल्लो सदनका सदस्य र सिनेटका एक तिहाइ सदस्य चुनिने छन् ।
कुनै पनि उम्मेद्वारहरूले कुल सदर मतमध्ये ५० प्रतिशतभन्दा धेरै ल्याउन नसकेको अवस्थामा अबको तीन हप्तामा दोस्रो चरणको मतदान हुनेछ ।
एक हजारभन्दा बढी विधायकहरू लागि पनि मतदान भएको छ । त्यहाँ लोकप्रिय नेताको रूपमा छवि बनाएका पूर्व राष्ट्रपति लुइज इनासियो डि सिल्भालाई जेलमा हालिएको छ ।
राष्ट्रपतीय निर्वाचनका दक्षिणपन्थी उम्मेद्ववार जइर बोल्सोनारुले चुनाव जित्ने गरी प्रतिस्पर्धामा सबैभन्दा अगाडि देखिएका छन् ।
उनले आपराधिक गतिविधिहरू तथा हत्याको दर कम गर्ने वाचासहित चुनावमा भाग लिएका छन् ।
उनको मुख्य प्रतिस्पर्धा साओ पाउलो शहरका भूतपूर्व मेयर रहेका वर्कर्स पार्टीका वामपन्थी उम्मेद्ववार फर्नान्डु अडाडसँग छ ।
वर्कर्स पार्टीका भूतपूर्व प्रमुख डा सिल्भाले अडाडलाई समर्थन गरेका छन् ।
भ्रष्टचार अभियोगमा १२ वर्षको जेलसजाय काटिरहेका सिल्भालाई चुनावमा उठ्न अयोग्य ठहर गरिएको थियो ।
त्यसपछि उनको ठाउँमा वर्कर्स पार्टीका तर्फबाट एड्आड राष्ट्रपतिको उम्मेद्ववार बनेका हुन्।
चुनावपूर्व भएका मतसर्वेक्षणहरूमा ३८ प्रतिशत मतदाताहरूले बोल्सोनारुको पक्षमा मत हाल्ने देखिएको छ ।
गत सेप्टेम्बरमा एउटा चुनावी अभियान -यालीमा उनीमाथि छुरा प्रहार भएको थियो । त्यसपछि बोलसोन्आरुले अन्तिम चुनावी प्रचारप्रसारमा सहभागी हुन सकेनन्।
उनी जति चर्चित देखिएका छन् त्यति नै विवादित पनि छन्।
बन्दुकको स्वामित्वसम्बन्धी कानुनहरू लचिलो बनाउने पक्षमा उनी देखिएका छन् ।
मृत्युदण्डसम्बन्धी सजायको व्यवस्था पनि पुनःस्थापना गरिनुपर्ने उनको भनाइ छ ।
जइर बोल्सोनारु जातिवादी भएको तथा समलिङ्गीप्रति घृणा फैलाउने काम गरेको भन्दै शनिवार साओ पाउलोमा हजारौं महिलाले उनको विरुद्धमा सडक प्रदर्शन गरेका थिए।
तर उनले ती आरोपहरू अस्वीकार गरेका छन्।
एड्याडले सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै आफूले हिंसा, सैन्य निरकुंशता वा स्वतन्त्रताको हननमाथि विश्वास नराख्ने बताएका छन्।
यो सारा परिदृश्यमा सिल्भाले जेलभित्रबाट उनको जादु चल्ला कि भन्ने अडकल पनि शुरू भएको छ ।
उनले आफू पदबाट हटेपछि उत्तराधिकारीको रूपमा डिल्मा रउसेफलाई राष्ट्रपति बनाउन सफलता पाएका थिए ।
जेलमा भएपनि उनको लोकप्रियता साह्रै नखस्केको कतिपयको भनाइ छ ।
उनीहरूले डिल्मा रउसफलाई राष्ट्रपति बनाएर बामपन्थी विरूद्धको षडयन्त्रको जालो तोड्न सक्ने विश्वास गरेका छन् ।
परिणामले नै यसको निक्र्यौल गर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया