१. नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज, ‘विप्लव’ नेतृत्वले गर्यो स्वागत, सरकारलाई दियो धन्यवाद ।
२. सत्ता गठबन्धन नातावाद, परिवारवाद र स्वार्थमा कुदेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि छुरा रोपेको आरोप ।
३. आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्र पहिलो कम्युनिष्ट पार्टी बन्ने अध्यक्ष प्रचण्डको दाबी, संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र जुनसुकै बेला हुनसक्ने आशंका ।
४. आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड, १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने ।
५. आजसम्म प्रयोग भएका मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुँदै, ३० भदौपछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए नभएको यकिन गर्न प्राधिकरणको आग्रह ।
६. काठमाडौं महानगरपालिकाको टोलीले ग¥यो जय नेपाल हल परिसरमा उत्खनन, हल परिसरमा १५ फिट खन्दा भेटियो टुकुचा खोला ।
७. असोज १ गतेबाट काठमाडौंको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने, धूम्रपान गरे सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवान तिर्नुपर्ने ।
८. दार्चुलाको विकट क्षेत्र छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सचाुरु , छाङरुमा रहेका करिव ४ हजार जनसंख्या लाभान्वित हुने ।
९. फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौंका व्यापारीद्वारा काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन, महानगरपालिकाको कार्यालय घेराउ ।
१०. पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ७ सय ९० परीक्षणमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३७ जना संक्रमण मुक्त ।
११. पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा आज बिहीबार उच्च गिरावट, नेप्से परिसूचक ५७ अंकले घट्दा २ अर्ब १२ करोड बढीको कारोबार ।
१२. हालै आएको बाढीपछि पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने स्वास्थ्य अधिकारीहरूको चेतावनी, डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढ्दो, सिन्ध प्रान्तमा मात्रै डेंगूका करिब ४ हजार बिरामी ।
१३. चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उज्बेकिस्तानमा आयोजित शिखर सम्मेलनमा भेटवाता गर्ने, भेटवातामा रुस युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गरिने ।
१४. नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश, एनआरएनए स्पोर्टस एकेडेमी १३ रनले पराजित ।
१५. यूरोपालिग अन्तर्गतको खेलमा आज म्यान्चेस्टर युनाइटेड र सेरिफ भिड्दै, सेरिफलाई पराजित गर्दै अंक तालिका सुधार्ने दाउमा युनाइटेड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया