एनएमबि बैंक र कर्जा बजारबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ । 

जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया शुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ ।

इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा  बजारमा उपलब्ध  कर्जा सुविधासँग तुलना गर्न सक्नेछन् ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट श्री गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट श्री युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रालिले हस्ताक्षर गरेका थिए । कर्जा बजारसँगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई  छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?