एजेन्सी । अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाहुँदा २० जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गाडीमा सवार १८ जना सबैको मृत्यु भएको हो । उक्त दुर्घटनामा दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।
लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा जाँदै गरेका बेला शनिबार दिउँसो शोहारी शहरमा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघिबढेको हो ।
यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण के हो खुल्न सकेको छैन् ।
शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । विश्वकै सुविधासम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया