इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लियो

एजेन्सी । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितको शिर्ष स्थानमा उक्लिएको छ । 

लिभरपुलको घरेलु मैदान एनफिल्ड स्टेडियममा आइतवार राति भएको खेलमा म्यान्चेस्टर सिटीले लिभरपुलसँग बराबरी खेल्यो । पाहुना टिम सिटीले लिभरपुललाई दवावमा राखे पनि गोल गर्न भने असफल भएको थियो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेलमा समान १-१ अंक बाड्यो । 

लिभरपुलका डिफेण्डर भार्गिन भान जिकले सिटीका सानेलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी हान्ने मौका दिएको थियो । तर, सो अवसरलाई सिटीकारियाद मेहेरेज गोल गर्न असफल भए । 
१५ वर्षयता म्यान्चेस्टर सिटीले लिभरपुललाई उसकै मैदानमा प्रिमियर लिगको खेलमा पराजित गर्न सकेको छैन । बराबरीपछि सिटी २० अंकका साथ लिगको पहिलो स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सी पनि लिगको लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको जीतमा ३० औँ मिनेटमा इडेन हजार्डले, ५७ औँ मिनेटमा बार्कलीले तथा अन्तिम समयमा अल्भारो मोराटाले समान एक-एक गोल गरेका थिए ।

जीतपछि २० अंक बनाएको चेल्सी गोल अन्तरको आधारमा म्यान्चेस्टर सिटीसँग पछि पर्दै लिगको दोस्रो स्थानमा रहेको छ । यता, आर्सनलले फुलह्यामलाई ५-१ गोल अन्तरले हरायो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?