राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट

लोकपथ
35
Shares

काठमाडौैं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवम् बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवा, जनज्योती आधारभूत विद्यालय झण्डहवा र राम माध्यमिक विद्यालय हवल्दारपुर छनौट भएका छन भने बैजनाथको सुर्योदय माविमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।

त्यसैगरी, राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि गुलरी, जनशक्ती मावि बालापुर, भुवर भवानी मावि बिनौना तथा नेपाल राष्ट्रिय मावि कोदरवटवा छनौट भएका छन ।

दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवार, बैजनाथको वागेश्वरी मावि, राप्ती सोनारीको नेपाल राष्ट्रिय मावि अगैया, बालशान्ती आधारभूत विद्यालय भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकर नगरकोटिया छनौटमा परेका छन ।

छनौट परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने छन ।

कार्यक्रम अन्तर्गत कृष्ण मावि कोहलपुर, जन ज्ञान ज्योती मावि कोहलपुर, जनजागरण आधारभूत विद्यालय बैजनाथ, जनसहयोगी आधारभूत विद्यालय बैजनाथ, गणेश आधारभूत विद्यालय ढकेरी, शिवशक्ती मावि पेरानी, जनशक्ती मावि बैजापुर र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन ।

छनौट भएका विद्यालयहरुमा आईसिटी (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री अथककै पहलमा यसअघि बाँकेमा सयभन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन् । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?