इंग्ल्यान्ड पूर्वकप्तान टेरीले लिए फुटबलबाट संन्यास

एजेन्सी । इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोली र चेल्सीका पूर्वकप्तान जोन टेरीले फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । 

३७ वर्षीय टेरीले गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन बनेका थिए । उनले २३ वर्षको फुटबल यात्रा अविस्मर्णिय रहेको बताए । साथै, उनले अब फुटबल खेल जीवनबाट सन्यास लिने सहि समय आएको पनि जानकारी दिए । 

सन् २००३ देखि सन् २०१२ सम्म राष्ट्रिय टिमबाट खेल खेलेका उनले कुल ७८ गोल गर्न सफल भएका थिए । सन् २०१७ मा चेल्सी छाड्नुअघि पनि उनले २ दशक क्लबमा रहेर खेले ।

उनको नेतृत्वमा ५ प्रिमियर लिग उपाधि, ५ एफए कप र एक च्याम्पियन्स लिगको उपाधि क्लबलाई जिताएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?