काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नेपालीहरूको महान चाड दसैँ, तिहार, छठलगायतका पर्वको अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्ने बताइएको छ । जसअनुसार भोलि आश्विन १ देखि २०७९ कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत (पीओएस) भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवम् साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत (पीओएस) तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) मार्फत (क्यूआर) भुक्तानी गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुने बताइएको छ ।
साथै, बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने एनआईसी एशिया बैंकको स्टलमार्फत खाता खोली तत्काल बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नेछन् ।
त्यसैगरी, विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी (कार्ड तथा क्यूआर) भुक्तानी गर्दासमेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले किनमेल गर्न थप सहज पार्ने उद्देश्यअनुरुप डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा (पीओएस) भुक्तानी एवम् (एनआईसी एशिया मोबैंक) प्रयोगकर्ताहरूले (क्यूआर) भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।
चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।
आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको (आईसर्भ) मार्फत एवम् एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया