साताको सेयर बजार : नेप्से १९ सय १० अंकमा खुम्चिदा ६ अर्ब ९८ करोडको कारोबार

लोकपथ
84
Shares

काठमाडाैं । सेयर बजार परिसुुचक यो साता पनि सकारात्मक हुन सकेन । नियमित कारोबारको लागि छ कार्य दिन नैं नेप्से खुल्ला रहेको भएपनि चार कार्य दिन लगातार नेप्से घटेको थियो भने दुई कार्य दिन मात्र नेप्से बढेको थियो । नेप्सेको यो बढाईले कुल कारोबार रकम एवं नेप्से सुचकमा कुनै उत्साह ल्याउन सकेन ।

जसले गर्दा सातामा नेप्से १९ सय १० दशमलव ३८ अंकमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ९० अंकमा अंकमा खुम्चिन पुगेको छ ।

सातामा दुुई सय ३२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम छ अर्ब ९८ करोड ९० लाख ७१ हजार छ सय १० रुपैंयाँ कायम हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैंयाँले बढी हो । गत साता भने यस्तो कारोबार रकम पाँच अर्ब चार करोड २९ लाख ५७ हजार पाँच सय १६ रुपैंयाँ कायम रहेको थियो । उक्त साता दुुई सय २७ वटा कम्पनीहरुको एक लाख १३ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड ४८ लाख ७६ हजार एक सय ४६ कित्ता सेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नियमित कारोबारका लागि यो साता नेप्से छ कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये तेस्रो र चौंथो कारोबार दिन नेप्से बढेपनि बाँकी रहेका चार कार्य दिन भने नेप्से लगातार घटेको थियो । सो अनुसार पहिलो दिन ११ दशमलव ४६ अंकले घटेर एक हजार नौं सय २६ दशमलव २८ अंकमा झरेको नेप्से दोस्रो दिन पुन १३ दशमलव ५४ अंकले घटेर एक हजार नौं सय १२ दशमलव ७४ अंकमा झरेको थियो । तेस्रो दिन भने २१ दशमलव तीन अंकले बढेर एक हजार नौं सय ३४ दशमलव चार अंकमा चढेको नेप्से चौंथो दिन पुन ४७ दशमलव ४४ अंकले बढेर एक हजार नौं सय ८१ दशमलव ४८ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन भने ५७ अंकले घटेर १९ सय २४ दशमलव ४८ अंकमा झरेको नेप्से छैंठो

दिन पुन १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ बिन्दुमा खुम्चिएको थियो ।
यसैगरी पहिलो दिन दुई दशमलव एक अंकले घटेर तीन सय ७४ दशमलव ७३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन दुई दशमलव ३९ अंकले घटेर तीन सय ७२ दशमलव ३४ अंकमा झरेको थियो । तेस्रो दिन भने तीन दशमलव ८३ अंकले बढेर तीन सय ७६ दशमलव १७ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि नौं दशमलव १९ अंकले बढेर तीन सय ८५ दशमलव ३६ अंकमा चढेको थियो । पाँचौं दिन भने ११ दशमलव २३ अंकले घटेर तीन सय ७४ दशमलव १३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठौं दिन पुन दुई दशमलव २३ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ९० बिन्दुमा खुम्चिएको थियो ।

नेप्सेमा यो साता नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरु अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि अगाडि पर्न सफल भएका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोवार (संख्या र रुपैयाँमा)

दिन                  कम्पनी संख्या                  कारोवार संख्या                 कित्ता                           कारोवार रकम
पहिलो दिन             २२१                                  २०१२४                  २५२४२२४                       ७४७२२६६२५
दोस्रो दिन               २२५                                  २०५५८                 २६१३५४०                       ८३१६०३६५०
तेस्रो दिन                 २३१                                  २०५२०                  ३१४६९९६                      ९२२५७४४१०
चौंथो                       २२७                                ३१०२३                   ४६१८५१६                      १४५३८२४६५०
पाँचौं दिन                 २३२                                 ३५५३७                 ६९४०५९६                      २१२५६५५७८७
छैंठो दिन                  २२०                                १८५३१                   २९१६२७१                       ९०८१८६४८८
कुल                                                               १४६२९३                 २२७६०१४३                    ६९८९०७१६१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?