‘बादशाह जुट’ को गीतमा काफल पाक्यो (भिडियो)

काठमाडौं । चलचित्र ‘बादशाह जुट’ को गीत सार्वजनिक गरिएको छ । लोकशैलीको उक्त गीत काठमाडौंमा सोमवार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

‘काफल पाक्यो’ बोलको गीतमा डीबी खनालको शब्द रहेको छ भने राजनराज शिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । फिल्मको भिडियोमा सुशील श्रेष्ठ, प्रियंका कार्की, आमिर गौतम लगायतलाई फिचरिङ गरिएको छ ।

फिल्ममा सुशील, आमिरसँगै रविन तामाङ, रोजी खड्का, रश्मी पाण्डे, केइसा रावत लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

चलचित्रमा राजु कार्कीको छायांकन, दीर्घ खड्काको सम्पादन र जोनी सिंह राणाको निर्देशन रहेको छ । निर्देशक राणाले भारतको मुम्बईबाट फिल्म मेकिङ पढेर आएका हुन् । उनले एक हिन्दी सिनेमामा समेत काम गरेको बताइएको छ ।

चलचित्रले पुस १३ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?