डलर अहिलेसम्मकै महंगो, अन्य मुद्राको भाउ पनि बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार १ अमेरिकी डलरको खरिददर ११८ रूपैयाँ २० पैसा र बिक्रीदर ११८ रूपैयाँ ८० पैसा कायम भएको छ । डलरसँग नेपाली रूपैयाँको विनिमयमा यो अहिलेसम्मकै ठूलो अन्तर हो । 

युरोको खरिददर १३५ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५४ रूपैयाँ १० पैसा र बिक्रीदर १५४ रूपैयाँ ८८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८३ रूपैयाँ ९३ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४३ पैसा र बिक्रीदर १० रूपैयाँ ४८ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ ७ पैसा र बिक्रीदर १७ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६३ पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ १८ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३४ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ४५ पैसा र बिक्रीदर २८ रूपैयाँ ६० पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४० पैसा र बिक्रीदर १० रूपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ३८९ रूपैयाँ १५ पैसा तथा बिक्रीदर ३९१ रूपैयाँ १२ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१३ रूपैयाँ ५० पैसा तथा बिक्रीदर ३१५ रूपैयाँ ९ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?