मिसाइल बनाउने युनिटका युवा वैज्ञानिक जासुसी गरेको आरोपमा गिरफ्तार

एजेन्सी: भारतको ब्रह्मोस मिसाइल युनिटमा कार्यरत भारतका एक युवा वैज्ञानिक निशान्त अग्रवाललाई जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।

उत्तर प्रदेश र महाराष्ट्रको आतंकवाद विरोधी समूहको गुप्तचर एकाईले यसबारे कारबाही अगाडि बढाएको हो ।

कानुनी कारबाही गरी निशान्तलाई लखनउ लाने कुरो सो समूहका आईजी असीम अरूणले बताए ।

अरूणले भने “ निशान्तले गुप्त जानकारी कसैलाई पठाएको हो वा होइन, उसले पैसा लिएको हो वा होइन यसको छानबिन भइरहेको छ ।”

जाँच अधिकारीहरूका अनुसार निशान्तले पाकिस्तानको इन्टर सर्भिसेज (आइएसआई)लाई ब्रह्मोस मिसाइलसम्बन्धी महत्वपूर्ण गुप्त जानकारी दिएका छन् ।

पाकिस्तानबाट सञ्चालित दुई महिलाको फेसबकु आइडीबाट फेसबुक च्याट भएको पाइएको छ । 

यससम्बन्धमा कानपुर र आगरामा पनि एक एक जना संदिग्धलाई खोज तलाश गरिएको छ । निशान्तको ल्यापटप जफत गरिएको छ ।

सन् २०१७–२०१९मा युवा वैज्ञानिकको रूपमा सम्मान गरिएका निशान्त गत ४ वर्ष देखि यो मिसाइल परियोजनामा काम गरिरहेका छन् ।

कानपुरस्थित रक्षा प्रयोगशालामा काम गर्ने दुई अन्य वैज्ञानिकलाई अनुसन्धानका लागि हिरासतमा लिइसकिएको छ ।

भारतले रूसको सहयोगबाट ब्रह्मोसको कम दुरीको सुपरसोनिक क्रुज मिसाई बनाउने काम भइरहेको छ ।

ब्रह्मोस मिसाइलले रडारलाई छलेर १० मिटरको उचाईबाट लक्ष्यलाई मार हानी खसाउन सक्ने क्षमताको मिसाइल हो ।

ब्रह्मोस जल थल र आकाश कतैबाट प्रहार गर्न सकिने खालको क्षेप्यास्त्र हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?