काठमाडाैं : किसानसँग उखु लिएर चिनी बनार्इ बेच्ने, तर बर्षाैंदेखि भुक्तानी नदिने उद्योगीलार्इ पक्रने सरकारले दाबी गरेको छ । हिजो सोमबार ५ जना मन्त्रीहरू संलग्न बैठकले अागामी शुक्रबारसम्ममा उखु खरिदको भुक्तानी नगरे चिनी उद्योगीलार्इ पक्राउ गर्ने निर्णय गरेको हो ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार मन्त्रीहरूको संयुक्त बैठकमा ५ दिनभित्र उखु उत्पादक किसानको रकम भुक्तानी गर्न निर्देशन दिने र सो अवधिमा रकम नदिए पक्राउ गरी कारबाही चलाउने निर्णय भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, उद्योग तथा अापूर्ति मन्त्री मातृका यादव, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिवहरू सो बैठकमा सहभागी थिए ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि यसअघि नै एक साताभित्र उखु किसानको रकम उपलब्ध गराउन निर्देशन दिर्इसकेको छ ।
उद्योगीले २ अर्ब र सरकारले अनुदानको १ अर्ब २८ करोड रूपैयाँ हालसम्म किसानलार्इ उपलब्ध गराएको छैन । मुख्य उब्जनीकै रकम नपाएपछि किसानहरूले दशैंको मुखमा अान्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया