एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँलाई झन् गरिब र बढी खतरनाक बनाउन लागेका छन् ।
ट्रम्पले चीनसँग व्यापार युद्ध गरेर विश्वलाई यस्तो अवस्थामा पु¥याउन लागेको अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्र बारे गरेको समिक्षा प्रतिवेदनमा यस्तो जनाएको हो ।
कोषले यो वर्ष र अर्को वर्षको विश्वको आर्थिक बृद्धिसम्बन्धी पूर्वानुमानलाई संशोधन गरी घटाएको छ ।
कोषका प्रमुख अर्थशास्त्री मउरिस ओब्सफेल्डले व्यापार नीतिमा राजनीति र राजनीति मात्रै देखिने गरेको बताए ।
उनले भने “ अझ देशहरूमा राजनीतक समस्या समाधान हुन सकेका छैनन् । यसले थप जोखिम निम्त्याउनेछ ।”
चीनले हालै ६०अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादनमा थप महशुल थप्ने घोषणा ग-यो ।
यो ट्रम्पले चिनियाँ वस्तुमा लगाएको महशुलको जवाफमा घोषणा गरिएको थियो ।
ट्रम्पले अमेरिकाको मध्यावधि निर्वाचनमा चीनले हस्तक्षेप गर्न खोजेकोमा चेतावनी दिएका छन् ।
उनले ट्विटरमा भनेका छन् – हाम्रा किसान र औद्योगिक मजदुरहरू मारमा परे चीनलाई त्यसको भर्पाइ आर्थिक घाटाको सामना गरी गर्नुपर्ने हुन्छ ।”
गत महिना २ खर्ब बराबरको चिनियाँ सामानहरूमाथि अमेरिकाले महशुल थपेको आदेश कार्यान्वनयमा छ ।
सन् २०१८ र २०१९मा विश्वको आर्थिक बृद्धि ३.७ प्रतिशत हुने छ । जुलाईमा कोषले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने पूर्वानुमान गरेको थियो ।
यो अवस्था लम्बिने हो भने विश्वको व्यापारमा समस्य भइ यो भन्दा पनि कम आर्थिक बृद्धि हुने छ ।
ओब्सफेल्डले विश्वका नेताहरूले व्यापार युद्धका विषयमा समस्या समाधान नखोजे विश्व झन गरिब र खतरनाक बन्ने चेताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया