मुक्तिनाथ विकास बैंकद्वारा “मुक्तिनाथ आशिर्वाद बचत खाता” सञ्चालन

लोकपथ
7
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ आशिर्वाद बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार निक्षेपकर्ताहरुको फाईदालाई ध्यानमा राख्दै लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याईएको हो ।

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटागोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको दुई जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटागोरीमा न्यूनतम १० लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको चार जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड एक लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्ने बैंकले बताएको छ । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमासमेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?