काठमाडाैं : कर्जासम्बन्धी सूचना दिनका लागि एनएमबी बैंकले कर्जा बजारसँग सम्झाैता गरेको छ । सम्झौतामा एनएमबि बैंकका चिफ विजनेश अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ तथा डाइरेक्टर फोनिक्स क्यापिटलले हस्ताक्षर गरेका छन् ।
सम्झाैतापश्चात बैंकको कर्जासम्बन्धी सबै जानकारी कर्जा बजारमार्फत प्रवाह हुने बैंकले जानकारी दिएको छ । ग्राहकले कर्जा बजारमार्फत बैंकले दिने कर्जाबारे आवश्यक प्रक्रिया पुरा गरि सबै जानकारी लिन सक्ने एनएमबीले जनाएको छ।
एनएमबी भिषा क्रेडिट कार्डमा पनि यो सुविधा रहेको बैंकले जानकारी दिएको छ । रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा) लगायतको कर्जामा ब्याजदर र कर्जा अवधिको बारेमा अन्य बैंकको कर्जासँग तुलना गर्न सकिने र सोहीअनुसार ग्राहकले कर्जाबारे जानकारी लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया