नेपालको अार्थिक बृद्धिदर संकुचित हुन्छ : विश्व बैंक

काठमाडाैं : विश्व बैंकले नेपालको संघीयताको संक्रमणकालीन अवस्थाका कारण नेपालको अार्थिक बृद्धिदर खुम्चने प्रक्षेपण गरेको छ । सन् २०१८ मा ६.३५% ले कुल ग्राहस्थ उत्पादन (जीडिपी) बृद्धि भएपनि यो दर सन् २०१९ मा ५.९५% मै सिमित हुने बैंकले जनाएको हो। 

पूर्वाधार विकासमा हालकै धिमा गति कायम रहेमा र सेवा क्षेत्र विस्तार अपेक्षाअनुसार नभएमा अागामी अार्थिक बर्षहरू अार्थिक बृद्धिदरका हिसाबले सन्तोषजनक नहुने बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालका तुलनामा दक्षिण एसियाकै अन्य मूलुक भने द्रुत अार्थिक विकासमा अघि बढिरहेको बैंकले दाबी गरेको छ । 

नेपालमा विद्यमान बजेट घाटा, न्यून राजस्व संकलन र सार्वजनिक वित्त व्यवस्थापनको कमजोरीले अार्थिक बृद्धि संकूचित पार्न प्रमुख भूमीका खेल्ने देखिएको छ । दक्षिण एसियाको समग्र अार्थिक बृद्धिदर सन् २०१८ मा ६.९५ र सन् २०१९ मा ७.१५ प्रतिशत कायम हुने देखिएपनि नेपाल भने यस मामिलामा पछि नै पर्ने अनुमान बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?