एजेन्सी : पाकिस्तानले परम्परागत र परमाणु युद्धशीर्षहरू बोक्न सक्ने क्षमता भएको र १ हजार ३ सय किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्ने घाउरी ब्लास्टिक मिसाइलको सफल परीक्षण गरेको छ ।
पाकिस्तानबाट भारतका धेरै शहरहरूलाई सहजै निशाना बनाउन सक्ने क्षमताको यो क्षेप्यास्त्रको पाकिस्तानले सोमबार परीक्षण ग-यो ।
पाकिस्तानी सेनाको पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसनले घाउरी क्षेप्यास्त्रले परम्परागत र परमाणु युद्धका लागि उपयोग हुने र यो १ हजार ३ सय किलोमिटर टाढासम्म मार हान्न सक्ने क्षमताको भएको जनाएको हो ।
पाकिस्तानी सेनाको लेफ्टिनेन्ट जनरल मुहम्मद हिलाल हुसेनले यो सेनाको रणनीतिक बलका लागि महत्वपूर्ण भएको बताए ।
पाकिस्तानका राष्ट्रपति डा. अरिफ अल्वी र प्रधानमन्त्री इमरान खानले वैज्ञानिक र इन्जिनियरहरूले क्षेप्यास्त्रको सफल परीक्षण गरेकोमा प्रसंशा ग-यो ।
अप्रिलमा पाकिस्तानले ७ सय किलोमिटरसम्म मार हान्ने बाबर क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया