काठमाडौं । आइसीसी टी २० वल्र्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ। १५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गरेको हो ।
भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनायो ।
१६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका लागि १७ रनको साझेदारी गरेको थियो।
सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।
भुटानका लागि तेन्जिङ वाङछुक जुनियरले सर्वाधिक ११ रन बनाए ।
अब नेपाल समूह बी को क्वालिफायरमा चीन र सिंगापुरसँग खेल्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया