एजेन्सी: भारतका शीर्ष अर्बपतिहरूका लागि दशैंको मुखमा अर्बौ अमेरिकी डलर बराबरको घाटा लागेर दशा आएको देखिएको छ ।
उनीहरूको शेयर मूल्यमा गिरावट आई अर्बौ डलरको घाटा लागेको हो ।
तेल देखि टेलिकम्युनिकेशनको व्यापार गरेका भारतका सबैभन्दा बढी धनी मुकेश अम्बानीको रियालाइन्स इन्डस्ट्रिजको एसई ०.२८ प्रतिशतसँग अगस्ट २८मा ५०.७ अर्ब अमेरिकी डलरको सम्पत्ति थियो ।
अहिले उनको सम्पत्ति ३९.५ अर्ब अमेरिकी डलर बराबर रहेको ब्लुमबर्ग बिलायनियर इन्डेक्सले जनाएको छ ।
उनको जामनगर तेल प्रशोधन केन्द्रमा घाटा लागेर यो वर्ष कमाएजति सबै गुमेको छ ।
अर्का धनी बिरला समूहका कुमार मंगलमको बजार मूल्यमा ६खर्ब भारुको घाटा भएको छ ।
यो समूहका ८ मध्ये ६ कम्पनीको शेयर मूल्य ७० प्रतिशतले घटेको छ । बिरलाको सम्पत्ति जनवरीमा ९.३८ अर्ब थियो भने सोमबार झरेर ५.९१ अर्ब अमेरिकी डलरमा झ-यो ।
अडानी समूहको गौतम अडानको सम्पत्ति जनवरीको शुरूमा ११ अर्ब अमेरिकी डलर थियो भने सोमबार झरेर ६.५७ अर्बमा आएको छ ।
अडानी समूहका ५ कम्पनीको शेयर मध्ये ४को शेयरमा ह्रास आएको छ ।
कम्पनीको बजार मुल्यमा ४ खर्ब ४ अर्ब ९४ करोडको घाटा भएको देखिएको छ ।
रोयल इनफिल्ड ब्रान्डको मोटरबाइक बनाउने इचर मोटर कम्पनीका माकिल विक्रम लालले यो वर्ष २.६३ अर्ब अमेरिकी डलरको घाटा बेहोरेका छन् ।
उनको कम्पनीको शेयर २८ प्रतिशतले झरेको छ ।
विप्रोको अजिम प्रेमजी, फलाम व्यापारी आर्सेलरमित्तलका मालिका लक्ष्मी मित्तल, सनफर्माका दिलिप शांघवी र श्री सिमेन्टका मालिक बेणु गोपाल बंगुरलाई सन् २०१८मा १ देखि २ अर्ब सम्मको घाटा लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया