एजेन्सी । फ्रान्सेली रिचार्ड ग्यासकुइट र बेनोट बाइर्रे जारी एटिपी साङघाइ मास्र्टस ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलवार राति सम्पन्न भएको पुरुष एकलतर्फको पहिलो चरणको खेलमा फ्रान्सेली ग्यासकुइटले अर्जेन्टिनाका लियोनार्दो मायरलाई २-१ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
खेलको पहिलो सेटमा ६-१ ले पराजित भएका ग्यासकुइटले त्यसपछिका बाँकी दुई सेटमा उत्कृष्ट प्रर्दशन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भए । उनले मायरलाई खेलको दोस्रो सेटमा ६-२ ले तथा अन्तिम सेट ६-१ ले आफ्नो पक्षमा पारे ।
यता मंगलवार राति नै भएको अर्को खेलमा फ्रान्सकै बाइर्रेले स्पेनी पाब्लो कार्रेनो बुस्टालाई ६-३ र ६-४ को सोझो सेटमा हराउँदै दोस्रो चरणको यात्रा तय गर्न सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया