काठमाडौं । आँखु खोला हाइड्रोपावर कम्पनीले मंगलवारदेखि साधारण शेयर ‘आइपीओ’ खुल्ला गरेको छ ।
मंगलवारदेखि लागु हुने गरि आँखु खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर खुल्ला गरेको हो । हाइड्रोपावर कम्पनीले १३ करोड ७६ लाख दुई हजार रुपैयाँको ‘आइपीओ’ खुल्ला गरेको हो । सर्वसाधारणहरुलाई साधारण शेयर यहि शुक्रवारसम्म भरिसक्नु पर्ने म्याद राखेको छ ।
तर यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा आगामी कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
प्रतिकित्ता १ सय रुपैयाँ दरमा आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८ सय१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५ सय २० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६ सय ९९ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरिएको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
सर्वसाधारणहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मको आवेदन भर्न पाउनेछन् । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय ‘आइपीओ’ आवेदन भर्न सकिने छ ।
यसअघि आँखु खोला कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ‘आइपिओ’को निष्काशन गरेपनि ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।
वि.स २०७० साल भाद्र ८ गतेदेखि आँखुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई व्यवसायिक उत्पादन शुरुभइसकेको छ । यस जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया