वरिष्ठ कलाकार राम केशर बोगटीको निधन

काठमाडौं । वरिष्ठ कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । टीकाथलीस्थित घरनजिकै रुख काट्ने क्रममा पोलले च्यापेर बोगटीको निधन भएको हो ।

पोलले लागेर गम्भीर घाइते भएका बोगटीलाई अस्पताल लगिएको थियो । बीएण्डबी अस्पतालमा भर्ना गरिएका उनलाई अस्पतालमा ल्याउनासाथ निधन भएको जनाइएको छ । टिकाथलीस्थित आफ्नै घरबाट निस्किएका बोगटीले नजिकै रहेको रुख काटेको हेर्न गाडी रोकेका थिए ।

स्रोतका अनुसार रुख विपरीत दिशातर्फ ढल्दा नजिकैको पोलमा लाग्यो । पोलमा लागेपछि पोल पनि अनियन्त्रित भई ढल्यो । छेउमा उभिएका उनलाई नजिकै रहेको ट्रान्समिटरसहितको पोलले लागेको थियो । ढलेको पोलले कलाकार बोगटीको टाउको र पेटमा लागेको थियो ।

पोल ढलेर अर्का एक व्यक्ति पनि घाइते भएको र उनको उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?