डा.केसीको स्वास्थ्य नाजुक बन्दै, अन्यत्र रिफर गर्न प्रादेशिक अस्पतालको सुझाव

लोकपथ
105
Shares

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।

अस्पतालले सोमवार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो । डा.केसीको स्वास्थ्यमा मांशपेसी सुक्दै गएको र अल्सर भई रक्तस्राबको समस्या भएको हुनाले थप जटिलता हुन सक्ने प्रादेशिक अस्पताल धनगढीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर, उनले राखेको मागबारे अनशनरत आठौंदिनसम्म पनि सरकारले सुनुवाइ गरेको छैन । आइतबार डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?