काठमाडौं । चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद अन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि यस्तो निर्देशन दिएको हो ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
चाडपर्वका बेलामा आधारभुत वस्तुको मूल्य अकास्मिक वृद्धि हुने भएकाले अर्को वर्षदेखि चाडपर्व सुरु हुनुभन्दा दुई महिना अघि नै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्ने कानुनी व्यवस्था मिलाउन संघीय संसद अन्तर्गतको अर्थ समितिले निर्देशन दिएको छ ।
बैठकमा समिति सदस्यहरुले महंगी नियन्त्रणतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया