२२ औँ राष्ट्रिय महिला भलिबल बाग्लुङमा शुरु, विभागिय तीन क्लबको विजयी शुरुवात

बाग्लुङ । बाग्लुङमा जारी २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागिय टिमहरु शसस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । 

गल्कोटमा मंगलवार भएको पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबले  प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो । एपिएफले प्रदेश नम्बर ७ लाई २५–१२, २५–१२ र २५–६ को सेटमा पराजित गरेको हो । 

त्यस्तै एपीएफ क्लबले नै प्रदेश नम्बर ६ लाई पनि ३–० कै सेटमै पराजित गर्‍यो । एपिएफले नै प्रदेश नम्बर ६ लाई २५–६, २५–९ र २५–५ ले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । 

यता मंगलवार नै भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमै पराजित ग¥यो । नेपाल पुलिसले प्रदेश ५ लाई २५–११, २५–१७ र २५–१३ ले हराउँदै पहिलो जित दर्ता गराएको हो ।

समुह ‘ए‘’को खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–० सेटमा हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा आर्मीले गण्डकी प्रदेशलाई आर्मीले २३–२५, २६–२८ र २२–२५ ले हराएको हो । 

प्रतियोगिता अन्तर्गत भोली ‘बुधबार’ समुह ‘ए’मा रहेको प्रदेश नम्बर ६ ले गण्डकी प्रदेशको, प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ को तथा  एपिएफले त्रिभुवन आर्मी क्लबेको सामना गर्नेछन् । यता समुह ‘वि’मा रहेको प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ को, प्रदेश नम्बर२ ले प्रदेश नम्बर ५ को तथा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ को सामना गर्नेछन् । 

नेपाल भलिबल संघको आयोजना तथा जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा सञ्चालन भएको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गर्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?