केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक समितका सदस्य अजय महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई ठगी अभियोगमा सोमवार ताहाचलबाट पक्राउ गरेको हो ।
महर्जनलाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७२ वैशाख १७ गते ४० लाख ७८ हजार ८ सय ८१ रुपैयाँ जरिवाना भएको सजाय बेरुजु रही कैद फैसला गरेको थियो । महर्जनले व्याज र उपहारको प्रलोभन देखाएर निक्षेपकर्ताहरुबाट चार करोड सत्र लाख हिनामिना गरी आफ्नो नाममा घर जग्गा खरिद गरेको खुलासा भएको थियो ।
महर्जनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया