गरिमा विकास बैंकले आश्विन ३ गते संविधान दिवसको दिन पारेर आफ्ना सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५०,००० ग्राहकहरुलाई विभिन्न बैकिङ्ग सेवा प्रदान गरेको छ।
आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको थियो । साथै, बैंक खाता खोल्न इच्छुक ग्राहकहरुलाई घरआँगनमै बैंक खाता खोलिएको थियो ।
हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया