अनुभव र निपूणता मन्त्रीको योग्यता

एजेन्सी : छोराछोरी , नातागोता, छरछिमेकलाई राजकीय सत्ताको उपभोग गराउने राजनेताको प्रवृति हामी कहाँ बढ्दै गइरहेका बेला योग्यताको रूपमा अनुभव र निपूणतालाई राखेर इराकमा मन्त्री छान्ने कार्य शुरू गरिएको छ ।

इराकका नवनिर्वाचति प्रधानमन्त्री अदेल अब्दुल महदीले आफ्नो मन्त्रिमण्डलमा नागरिकहरू मध्येबाट मन्त्री बनाउने योजना अन्तर्गत एक वेबसाइट सार्वजनिक गरेका छन् ।

इराकमा अमेरिकी सेनाले तत्कालीन शासक सद्दाम हुसेन विरूद्ध सैनिक कारबाही गरी हुसेनको हत्या गरेपछि त्यहाँ शासनको अर्को युग शुरू भएको हो ।

प्रधानमन्त्री भएपछि अब्दुल महदीले अनुभव र निपूणता हुने व्यक्तिलाई नयाँ सरकारमा सामेल हुन इराकका आम जनतालाई आग्रह गरेका हुन् ।

अनुभव र निपूणता हुने व्यक्तिले मन्त्रीका लागि वेबसाइटमार्फत आवेदन दिन सक्ने छन् ।

इराकीक्याबिनेट२०१८डटकम नाम गरेको वेबसाइटमा मन्त्री बन्न आवेदन दिन सकिनेछ । यो आवेदनका लागि समय सीमान ९ अक्टोबरदेखि ११ अक्टोबरसम्म दिइएको छ ।

नयाँ सरकारमा मन्त्री बन्नका लागि व्यक्तिगत बैठक गरी आवेदन गर्न आएको निवदेन आएपछि महदीले यो वेबसाइट बनाउने निर्णय गरिएको औपचारिक जानकारीमा उल्लेख गरिएको छ ।

इराकका नयाँ राष्ट्रपति बरहाम सालेहले गत हफ्ता अब्दुल महदीलाई नयाँ सरकार बनाउन छनौट गरेका थिए । महदीलाई आगामी ३० दिन भित्र नयाँ सरकार गठन गर्नुपर्ने भएको छ ।

इराक युद्ध र इश्लामिक स्टेटसँग भएको लामो संघर्ष पछि इराकमा नयाँ सरकारको गठनलाई एक नयाँ बिहानीको रूपमा लिइएको छ ।

बितेका वर्षहरूमा इराकमा भएका हिंसात्मक संघर्षका कारण त्यहाँको आधारभूत ढाँचा नराम्री प्रभावित भएको छ ।

सरकारी विभागमा भ्रष्टाचार ठूलो समस्या छ । बितेका वर्षमा सरकारले नागरिकलाई सुविधा उपलब्ध गराउन असफल रहेको देखिएको छ ।

यसको विरोधमा प्रदर्शन भएका छन् । यस्तोमा नयाँ सरकारको सबैभन्दा ठूलो चुनौती जनताको विश्वास जित्नु रहेको छ ।

तेलको मूल्यमा बृद्धि भएकाले इराकलाई नयाँ निर्माणका लागि यसबाट सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री विगतमा कम्युनिस्ट पार्टीका नेता थिए । ७०को दशकमा महदी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा सामेल भएका थिए ।

१९८०सम्म कम्युनिस्ट पार्टीका लागि काम गरेका थिए । सिया समुदायका मुस्लमान रहेका महदी पछि इरानको इश्लामिक विचारलाई स्वीकार गरेका थिए ।

सद्दामको पतन पछिको इराकमा उनले उपराष्ट्रपतिको पद सम्हालेका थिए । त्यसपछि उनले युनाइटेड इराकी अलाइन्सको तर्फबाट चुनाव लडेका थिए ।

एक मत अन्तरबाट चुनाव हारेका थिए ।  इराकका उग्रपन्थीले उनलाई उनको हत्या गर्ने दुई पटक असफल प्रयास गरिसकेका छन् । यस्तो एक घटनामा १० जनाको मृत्यु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?