काठमाडौं । ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसाल्ने कलाकार सरोज खनाल भएको आरोप लगाएका छन् । सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिषा नदिने गरेको उनको दाबी छ ।
केही दिन अगाडि ‘प्रेम गीत ३’ युनिटले राजधानी आयोजना गरेको पत्रकार भेटघाटमार्फत चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीको आलोचना गर्दा सरोज भुवनको बचाउमा उत्रिएका थिए । त्यसपछि निर्माता सेन सरोजसँग आक्रोसित बनेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘आदरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार, अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन ।
एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिड्नुपर्छ र ? प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो । अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिड्नु होला ।
सोयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला ।’ उनले अगाडि भनेका छन्, ‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो । आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया