नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍याे डायनामिक क्युआर पेमेन्ट सिस्टम

लोकपथ
112
Shares

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डायनामिक क्यु आर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ ।

आइतवार दिउँसो कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डायनामिक क्यु आरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका छन् । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डायनामिक क्यु आर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।

अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डायनामिक क्यु आर पेमेन्ट सिस्टमको माध्यमबाट भुक्तानी गर्न सकिने छ । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जानकारी दिए ।

डायनामिक क्यु आर पेमेन्ट सिस्टमको माध्यमबाट दुई लाख रुपैंयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डायनामिक क्यु आरको पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्यु आर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?