एजेन्सी : विश्वभरिको सरकारले असमानता हटाउन गरेको प्रयासको सूचीमा नेपाल १३९औं स्थानमा रहेको छ ।
डेभलपमेन्ट फिनान्स इन्टरनेशनल एन्ड अक्सफाम रिपोर्ट अक्टोबर २०१८ले तयार पारेको प्रतिवेदनको यो सूचीको पहिलो स्थानमा डेनमार्क रहेको छ ।
सरकारले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गर्ने खर्च, प्रगतिशील करकोनीति, श्रमअधिकार एवं न्यूनतम ज्यालाका प्रावधानको आधारमा गरिने असमानता हटाउन गरिएको प्रयासलाई ध्यान दिएर यो सूची तयार पारिएको हो ।
यी तीनवटै मापदण्डका आधारमा समग्रतामा तह निर्धारण गरिएको छ ।
यसअधारमा असमानता हटाउन गरिएको समग्र प्रयासको आधारमा सबैभन्दा राम्रो अवस्था भएको देशहरूको शीर्ष दशमा डेनमार्क , जर्मनी, फिनल्यान्ड,अस्ट्रिया, नर्वे, स्विडन,फ्रान्स,आइल्यान्ड र लग्जमबर्ग रहेका छन् ।
यसैगरी असमानता हटाउनका लागि गरिएका प्रयासहरूको आधारमा सबैभन्दा खराब देशहरूको शीर्ष दशमा नाइजेरिया १५७,उज्बेकिस्तान १५६,हैटी १५५, चाड १५४,सियरालियोन १५३,भुटान१५२,म्याडागास्कर १५१,लाओपीडीआर १५०, सिंगापुर१४९ र बंगलादेश १४८औ स्थानमा रहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको देशहरूमा सबैभन्दा खराब अवस्थाको सूची तयार गर्दा नेपाल बीचमा परहेको छ ।
सबैभन्दा खराबबाट सूची बनाउँदा भुटान १५२, बंगलादेश १४८, भारत १४७, नेपाल १३९, पाकिस्तान १३७, अफगानिस्तान १२७ र श्रीलंका १०२औस्थानमा रहेको देखिएको छ ।
दक्षिण एसियाली क्षेत्रमा श्रीलंकाले असमानता कम गर्न गरेको प्रयास समग्ररूपमा सबैभन्दा राम्रो काम गरेको पाइएकोछ ।
यो क्षेत्रमा भारत भन्दा राम्रो पाकिस्तानको अवस्था छ ।
सबैभन्दा बढी हिंसात्मक द्वन्द्व र युद्धको शिकार भएको अफगानिस्तानको अवस्था पनि असमनता घटाउने दिशामा धेरै राम्रो काम गरेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया