४.३ अर्ब युरो जरिवाना विरूद्ध गुगलले ग-योे पुनरावेदन

एजेन्सी : गुगलले युरोपेली युनियनद्वारा एन्ड्रोइडको बारेमा ४.३ अर्ब युरो बराबरको जरिवाना विरूद्ध पुनरावेदन गरेको छ ।

अमेरिकी टेक कम्पनी गुगलले मोबाइलका लागि तयार पारेको अपरेटिंग सिस्टमले गलत तरिकाले प्रयोग गरी वर्चस्व कायम गरेको भनी युरोपेली युनियनद्वारा गरिएको ५ अर्ब अमेरिकी डलर विरूद्ध यो पुनरावेदन गरेको हो ।

गुगलका प्रवक्ता एआई भर्नीले युरोपेली युनियनको जनरल कोर्टमा यस विरूद्ध पुनरावेदन गरिएको बताए ।

जुलाईमा ब्रसेल्सले गुगलमाथि एन्ड्रोइड सिस्टमको दुरूपयोग गरेको निर्णय गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?