एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा इभान्कालाई नियुक्त गर्ने भएका छन् ।
निक हेलीको राजीनामा पछि रिक्त हुन पुगेको सो पदमा गतिशील पदस्थापन छोरी इभान्का हुने ट्रम्पले बताएका छन् ।
उनले भनेका छन् “ नातावादको आरोप नलाग्ने हो भने इभान्का त्यो पदका लागि डाइनामाइट हुनेछिन् ।”
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुरोकानीमा ट्रम्पले यस्तो भनेका हुन् ।
सन् २०१६मा निर्वाचित भएपछि नातागोतालाई पालेको आरोप खेप्दै आएका छन् ।
इभान्का र उनका पति जारेड कुस्नर दुबै राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा अवैतनिक सल्लाहकार भइ काम गरिरहेका छन् ।
छोरी ज्वाँइ कुस्नरले मध्यपूर्व शान्ति योजना तय गर्न जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया