नेपाल टेलिकमले ६ रूपैयाँमा ६० मिनेट फोन गर्न दिने, यस्तो छ दशैं अफर

काठमाडाैं : नेपाल टेलिकम (एनटिसी) ले दशैंको अवसरमा अाफ्ना ग्राहकहरूलार्इ अाकर्षक छुट अफर सार्वजनिक गरेको छ। कुराकानी गर्ने (भ्वार्इस) र र्इन्टरनेट चलाउने (डाटा) प्याकेजमा लागु हुने यो अाकर्षक प्याकेजको समयावधी असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म तोकिएको छ ।

अनलिमिटेड प्याकेजअन्तर्गत टेलिकमका सेवाग्राहीहरूले जीएसएम तथा सीडीएमएइ मोबार्इलमा अनलिमिटेड भ्वार्इस र अनलिमिटेड एसएमएस सेवा प्राप्त गर्न सक्नेछन् । ६ सय रूपैयाँमा लिएको यो प्याकेजबाट १५ दिनसम्म दैनिक २ गिगाबार्इट डाटा खपत गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

दैनिक उपलब्ध हुने २ गिगाबार्इट डाटामध्ये १ गिगाबार्इट बिहान ६ बजेदेखि राती १० बजेसम्म र अर्को १ जीबी राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । १५ दिनसम्मका लागि यो सेवा लिन नचाहने ग्राहकले ३ सय रूपैयाँ तिरेर एक हप्ताका लागि मात्र पनि लिन सक्ने व्यवस्था टेलिकमले मिलाएको छ । यस्तो प्याक खरिद गर्ने ग्राहकले वाउटार्इम र म्युजिक नेपालको स्ट्रिमिङ सर्भिस समेत नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

भ्वार्इस प्याक अन्तर्गत टेलिकमले ६ रूपैयाँमा ६० मिनेट कल सुविधा दिन लागेको छ । यो सुविधा लिन हरेक दिन ६ रूपैयाँको नयाँ प्याकेज लिनुपर्छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कभित्र यो सुविधा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।

टेलिकमले एक दिनका लागि ६ रूपैयाँमाा ३६ एमबी डाटा, एक वा दुर्इ सय रूपैयाँ रिचार्ज गर्दा १०% र १ हजार रूपैयाँ रिचार्ज गर्दा १५% बोनस दिने पनि टेलिकमले जनाएको छ । एमपोसबाट गरिने हरेक रिचार्जमा १५% बोनस दिने पनि टेलिकमल जानकारी दिएको छ । यी बोनसहरू ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?