काठमाडाैं : हिमालयन उर्जा विकास कम्पनीले रामेछाप र दोलखाका अायोजना प्रभावित स्थानीयबासीका लागि ९ लाख ९० हजार कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गरेको छ ।
कात्तिक ६ गतेदेखि कात्तिक २७ गतेसम्म अायोजना प्रभावितले यो कम्पनीको अार्इपीअोका लागि खरिद अावेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रूपैयाँका दरले न्यूनतम ५० कित्तादेखि अधिकतम ४९ सय कित्ता भर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आयोजना स्थल रामेछाप, सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट अार्इपीअो भर्न सकिनेछ। र्इक्रा नेपालले हिमालयन उर्जाको अार्इपीअोलार्इ ग्रेड-४ रेटिङ गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था अाैषत रहेको देखाउँछ ।
यो कम्पनीले रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ती खोलामा १२ मेगावाट र ७ मेगावाट गरि १८ मेगावाटका दुर्इ जलविधुत अायोजना निर्माण गरिरहेको छ । हालसम्म करिब ५५% निर्माणको काम सकिएको कम्पनीले जानकारी दिएको छ ।
उपल्लो खिम्ती अायोजनाको लागत १ अर्ब ९१ करोड र अपर खिम्ती अायोजनाको लागत १ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमान छ । अायोजना निर्माणका लागि ९९ करोड रूपैयाँ शेयर बिक्रीमार्फत जुटाउन कम्पनीले अार्इपीअो जारी गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया