एजेन्सी : भारतीय कम्पनीहरूले अमेरिकी डलरको साटो रूबलमा भुक्तानी गर्न वैकल्पिक भुक्तानी विधिको संयन्त्र बनाउन लागेका छन् ।
अमेरिकाले रूसमाथि आर्थिक नाकाबन्दी लगाएपछि अमेरिकी डलरमा रूससँग कारोबार हुन नसके पछि त्यसको विकल्पमा भारत र रूसले रूबल र भारुमा कारोबार गर्न सहमति जनाएपछि कम्पनीहरूले त्यस अनुरूपको संयन्त्रको विकास गर्न लागेका हुन् ।
रूसी हीरा खानी कम्पनी अल्रोसाले भारतीय कम्पनीहरूसँग रूबलमा कारोबार गर्ने अनुमति दिएपछि शुरू गरिएको परीक्षण कारोबार सफलतापूर्वक सम्पन्न भएको देखिएको छ ।
रूसी बैंक स्बेरबैंकका भारतका शाखाहरूमा अल्रोसाले पाँच ग्राहकको खाता खोल्न लगाई यो संयन्त्रको विकास गरिरहेको छ ।
अहिले हीराको सबै खरिद अमेरिकी डलरमा भइआएको थियो । अमेरिकी नाकाबन्दीको विकल्पको रूपमा यो संयन्त्रको निर्माण गरिएको हो ।
वाणिज्य तथा उद्योग मन्त्री सुरेश प्रभुले हीरा आयात गर्न रूसी सरकारसँग यस किसिमको सम्झौता गरिएको जनाएका थिए ।
यसबाट भारतलाई रूससँगको व्यापार घाटा कम गर्न मदत मिल्ने देखिएको छ । रूससँग हीराको विशाल भण्डार रहेको छ ।
यो वर्षको अप्रिल देखि अगस्टसम्म भारतमा हुने हीरा आयात ६.९२ प्रतिशतले घटेर ७.१ अर्ब अमेरिकी डलरमा झरेको थियो ।
अल्रोसाले विकास गरेको यो संयन्त्रलाई भारतले चीनसँगको व्यापारको सन्दर्भमा पनि उपयोग गर्न खोजेको छ ।
भारतले चीनको मुद्रा युयानमा भुक्तानी गर्ने गरी कारोबार गर्न खोजेको देखिएको छ ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया