चितवन । लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
सोमवार राति जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नम्बर १५ सूर्यनगर च्यानडाँडाबाट सो परिमाणमा लागु पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट स्टिलको थाल २ थान, अर्ध जलेको अवस्थामा ९ थान (५ रुपैयाँको र १० रुपैयाँको गरी) जम्मा ६० रुपैयाँ, लाईटर ४ थान, १२ खिली चुरोट साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स–साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १ सय ५५ वटा पुरियामा लागुऔषध खैरो हिरोइन १० ग्राम ५ सय मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ का २२ वर्षीय सन्तोष परियार, सोही महानगर वडा नम्बर १९ का २२ वर्षीय यम बहादुर आले मगर, लम्जुङ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर २० का ३० वर्षीय तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नम्बर १५ का २३ वर्षीय प्रशन्न गुरुङ, नवलपरासी देवचुली नगरपालिका वडा नम्बर १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने २३ वर्षीया चेत बहादुर क्षेत्री र भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौली बस्ने ३६ वर्षीय को सुरेस महतो रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया