काठमाडौं । धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ । मिथिला विहारी नगरपालिका–५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ ।
मण्डलको आफ्नै घर नजिककैको बाँसको झाडीमा शव फेला परेको हो । उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया