काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाज र संगठनभित्र गलत काम गर्ने जोसुकै प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने बताएका छन् ।
बुधबार ललितपुरको सातदोबाटोमा नवनिर्मित ट्राफिक प्रहरी परिसरकोे भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ पुगेको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।
‘सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको छ’ उनले भने, ‘त्यस्ता गतिविधिलाई कडाईका साथ नियन्त्रणमा ल्याउनुपर्छ ।’
साथै महानिरीक्षक खनालले नागरिक समाजका अगुवाहरुलाई अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया