खराब प्रवृत्तिका हाकिमको कारण डिप्रेसन

तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ ?

तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्नुहुन्छ ?

क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा गरेको छ ।

हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो ।

तनावको मुख्य कारण, खराब प्रवृत्तिको हाकिम  । 

दबाब दिइराख्ने हाकिमसँग बसेर जबसम्म काम गर्नुहुन्छ त्यती तपाईको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । 

यस्तै केहि कर्मचारीहरु आफुले गर्दै आएको जागिर जाने पिरले पनि तनाव र दवाबमा काम गरिरहेका हुन्छन् । 

नराम्रो प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुन्छन् । आफूले गरेको कामको उदाहरण दिदैँ तिमीहरु यत्ति काम पनि गर्न सक्दैनौ भन्दै झर्कन्छन् । हाकीममा आफू मात्रै जान्नेसुन्ने भएको अंहकार हुन्छ । हाकिमको नकारात्मक व्यवहारले तपाईको भविष्यनै खतरामा पर्न सक्छ । 

तर, यदि तपाइको तपाईको हाकिम राम्रा छन् । सकारात्मक छन् । तपाईसँग कार्यालयमा राम्रो व्यवहार प्रदर्शन गर्छन् भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?