यो कस्तो कुकुर हो, जसले बाघको सिकार गर्छ ?

नयाँदिल्ली । भारतको महाराष्ट्र जिल्लाको पांढरका वडा क्षेत्रका बासिन्दाहरु केही दिनदेखि त्रासमा  छन् । त्यो क्षेत्रमा एक नरभक्षी बघिनी चिडियाखानाबाट फुत्केर खुल्ला हिडिरहेको बताइएको छ । 

टी१ नाम दिइएको उक्त बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयै जनावरहरु मारिसकेको बिबिसिले जनाएको छ । 

वन विभागले उक्त बघिनीलाई समात्न गरेको कयै प्रयासहरु सफल हुन सकेको छैन । वन रेन्जरहरु नरभक्षि बघिनीलाई समात्नकै लागि दिन रात गस्ती गरिरहेका छन् । 

प्रशासनले उक्त बघिनीलाई समात्ने कोसिसमा अर्को विकल्प अघि सारेको छन । बघिनीको शिकारको गर्न ‘केन कोरसो’ प्रजातिको दुई शिकारी कुकुरलाई मैदान छाडिएको छ ।   

सम्भवत भारतमा बाघलाई पक्रन शिकारी कुकुर प्रयोग गरिएको यो पहिलो पटक हो । कुकुरलाई बाघको पछाडि छोड्नु अघि चिडियाखानामा रहँदाको उसको खोरमा गरेको पिसाब सुघाँईको थियो । 
केन कोरसो रोमन शासनसम्म पछाडि गएको निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउदैन । 

केन कोरसो प्रजातिको एक कुकुरलाई भारु ६ लाख बराबर पर्छ । टी १  बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो । यी कुकुरहरु उनको तारबारयुक्त दरबारको प्रागढणमा बस्ने गर्थे । 
भारतीय पत्रिका टाइम्स अफ इण्डियासँग कुरा गर्दै वन्यजन्तु आरक्षको प्रमुख संरक्षणकर्ता एके मिश्राले यसलाई पुष्टि गर्दै भने,“ठूलो प्रयास पछि केन कारसोलाई सोमबार मैदानमा उतारिएको छ ।”
मिश्राले बघिनीलाई लिएर आफूहरुको सबैभन्दा ठूलो डर भनेको उसलाई भेट्दै नभेट्ने हो कि भन्ने रहेको बताए । 

“उसले दुई वटा घोडा मारी तर हामीले जालमा पार्न राखेको जीवतर्फ गइन । क्यामेरा ट्रापमा पनि उसको तस्वीरहरु भेटिएको छैन । उसलाई बेहोस बनाउनको लागि पहिले त उसको अवस्थिति पत्ता लगाउनु प-यो । उ लुकेको ठाँउ पत्ता लागेपछि बल्ल कुकुरहरुलाई प्रयोग गरेर बाहिर निकाल्न सकिन्छ,” उनले भने ।
यो कुकुरमा खास के हो ?

केन कोरसोको सम्पत्ति, पशुहरु र परिवारको सुरक्षाको लागि प्रयोग गरिन्छ । इतिहासलाई हेर्ने हो भने यसले रात्रिकालिन चौकिदारको भूमिका निभाउछन् । 

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्ष हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको भने निक्कै ठूलो हुने गर्छ । 

यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने बताइन्छ । यही कारण यो कुकुर संसारका कयैन देशहरुमा प्रहरी कुकुरको रुपमा प्रयोग पनि गरिन्छ । 

२० औं शताब्दीमा यसको मुल थलो दक्षिण इटालीको ग्रामिण क्षेत्रमा रहेका फार्महरुमा रुपान्तरण हुन थाले पछि यसको प्रयोग घट्न थालेपछि यो कुकुर दुर्लभ हुन थालेको थियो । त्यसबेला यो कुकुर बचाउन कयै समूहहरु बनेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?